कतारमा थप ८ संक्रमितको मृत्यु « Khabarhub

कतारमा थप ८ संक्रमितको मृत्यु


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा केही दिनयता कोरोना संक्रमणदर घट्दै गएको छ ।

बुधबार ६९० जनामा देखिएको संक्रमण बिहीबार घटेर ६८७ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा ६७६ जनामा संक्रमण पुष्टी भएको छ भने १ हजार ५९३ जना निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै त्यहाँ एकै दिन थप ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३३, ४४, ५०, ५६, ७७, ५७, ६१ र ७७ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५८ पुगेको छ  ।

कतारमा कोरोना संक्रमितको संख्या २ लाख ५ हजार ६५२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८९ हजार ५४४ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले १५ हजार ६५२ वटा ‘एक्टिभ’ केस रहेका छन् । जसमध्ये ८४९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचाररत छन् । त्यसमध्ये ३७४ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् । यो समाचार तयार पार्दासम्म १५ लाख ५६ हजार २०३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

३३९ जनालाई कारबाही

कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ३३९ जनालाई कारबाही गरिएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार ३१० जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, १ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, २२ जनालाई सामाजिक दूरी कायम नगरेकोमा र बाँकी ६ जनालाई क्वारेनटाइन अवधि बाँकी हुँदै भागेकोमा कारबाही गरिएको जनाएको छ ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ५० बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको