प्रिमियर लिग : लेष्टर सिटी र साउथह्याम्पटनको बराबरी « Khabarhub

प्रिमियर लिग : लेष्टर सिटी र साउथह्याम्पटनको बराबरी


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र साउथह्याम्पटनले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा लेष्टर र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनमाथि लेष्टरले जित निकाल्न नसकेको हो ।

खेलको १० औं मिनेटमा जान्निक भेस्टरगार्डले रातो कार्ड पाएपछि लेष्टर १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीका बाबजुद खेलमा सुरुवाती अग्रता पनि साउथह्याम्पटनले नै बनाएको थियो ।

६१औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाए ।

६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै लेष्टर ३४ खेलमा ६३ अंकसहित तेस्रो स्थानमा छ भने साउथह्याम्पटन ३७ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : ०५ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन