गरुड पुराणमा समावेश जीवन उपयोगी ५ काम « Khabarhub

गरुड पुराणमा समावेश जीवन उपयोगी ५ काम


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरुड पुराण हिन्दू धर्मको प्रसिद्ध धार्मिक ग्रन्थ मध्ये एक हो । हिन्दू धर्मको १८ पुराण मध्ये एक गरुड पुराणमा व्यक्तिको जीवनका बारेमा उपयोगी कुराहरु उल्लेख गरिएको छ ।

गरुड पुराण भगवान विष्णुको भक्ति र ज्ञानमा आधारित छ । यस पुराणमा नीति सम्बन्धी सार तत्व, आयुर्वेद, ज्योतिष शास्त्र, सामुद्रिक शास्त्र, धर्म शास्त्र, व्रत–उपवास र जप–तप–कीर्तनका बारेमा विस्तार गरिएको छ । गरुड पुराणको आचार काण्डमा हाम्रो दैनिक दिनचर्याका बारेमा भनिएको छ :

स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् ।
यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

अर्थात : यदि कुनै व्यक्ति दिनको शुभ बितोस् भनेर कामना गर्दछ भने उसले नियमित स्नान, दान, हवन, जप र देवपूजन अवश्य गर्नु पर्दछ । किन यी ५ कुरा महत्वपुर्ण छ त ?

१. स्नान : गरुड पुराणका अनुसार स्नान गर्नु हरेक व्यक्तिको दिनचर्याको सबैभन्दा अहम हिस्सा हो । त्यसैले हरेक व्यक्तिले दिनको शुरुवात स्नानद्धारा गर्नु पर्दछ । यसो गर्दा शरीर र मन दुबै पवित्र हुन्छ र दिन शुभ रहने गर्दछ ।

२. दान : कैयौं धर्म ग्रंन्थ र पुराणमा दानको महत्वका बारेमा बताइएको छ । त्यसैले हरेक व्यक्तिले श्रद्धा भावका साथ दैनिक केही न केही दान गर्नु पर्दछ । यसो गरेमा देव कृपा प्राप्त भई घरमा धनको कमी नहुने र सुख–शान्ति बनीरहने धार्मीक विश्वास गरीन्छ ।

३. होम वा दीप बाल्नु : घरमा सुख शान्ति तब मात्र सम्भव छ जब घरमा सकारात्मक उर्जाको सञ्चार हुन्छ । त्यसैले दैनिक घरमा दियो बाल्नु पर्दछ । अझ दैनिक हवन गर्न सके यो झन् शुभ मानिन्छ । सम्भव नभए दीयोसम्म भए पनि बाल्नु पर्ने धार्मीक मान्यता छ । यसो गरेमा हरेक काममा सफलता पाउन सकिने धार्मीक विश्वास गरिन्छ ।

४. जप : हरेक व्यक्तिले दैनिक केही समय जप गर्न छुट्याउनु पर्ने धार्मीक मान्यता छ । मंत्रको उच्चारण वा मन्त्र जप गर्दा मन शान्त हुने र आसपासका नकारात्मक एनर्जी दुर भएर जाने गर्दछ । साथै मन्त्रोच्चारणले शुभ फल प्राप्त गर्न सकिने धार्मीक विश्वास छ ।

५. देव पुजन : जसरी शरीरलाई शुद्ध पार्न दैनिक स्नान गर्न आवश्यक छ त्यसरी नै दैनिक श्रद्धाभावपूर्वक भगवान अर्थात देव पूजन गर्न पनि आवश्यक छ । यसो गरेमा व्यक्तिको परिवारमा ईश्वरको कृपा बनिरहने र सबै प्रकारका संकटबाट मुक्त हुन सकिने धार्मीक विश्वास गरिन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : ०१ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी