निषेधाज्ञाबीच वाग्मती सफाइ महाभियान जारी | Khabarhub Khabarhub

निषेधाज्ञाबीच वाग्मती सफाइ महाभियान जारी


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ ।

पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो ।

पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ ।

सफाइमा काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न वाग्मती समितिका सरस्वती निरौलाको सक्रियता थियो । सफाइका क्रममा पशुपति क्षेत्रमा फोहर देखिएको अभियानकर्मी खरेलले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी छ । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेका थिए ।

यसैगरी अभियानकर्मी डा लक्ष्मी पोडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । करिब सात जनाको सहभागितामा भएको सफाइमा अभियानकर्मी प्रिया लामिछानेको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपणसमेत गरिएको थियो ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदी क्षेत्रमा सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ ।

सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाड पर्व, वर्षा, जाडो, भूकम्पको त्रास, कोरोना महामारीका बेलासमेत निरन्तर जारी छ ।

यसैगरी तिलगङ्गालगायत अन्य क्षेत्रको सफाइ अभियान भने आज टोल, घर, आँगन सफाइ गरी सम्पन्न गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी हुँदा नदी किनार नजिक निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता जानकारी दिए ।

नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोल, घर, आँगन सफाइ गरी अभियानलाई निरन्तरता दिएको थियो ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि शुरु गरिएको छ । सहायक नदीमा पनि आज किनार नजिक निवास भएका अभियानकर्मीले निरन्तरता दिएको जनाइएको छ ।

महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य शहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ४५ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक