तयार भयो रसुवा रंगशाला | Khabarhub Khabarhub

तयार भयो रसुवा रंगशाला


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रंगशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त एक करोड रुपैंयाँको लगानीमा सो खेल मैदान तयार भएको हो ।

खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न थालेको छ । फुटबल मैदान लगायतका संरचना तयार गर्न वाग्मती प्रदेश सरकारले रू ६५ लाख अनुदान र गोसाइँकुण्ड गाउँपालिकाले रू ३५ लाख खर्च गरेका थिए ।

यही वैशाख १ गते वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले उक्त रंगशालाको विधिवत् शुभारम्भ गरेका थिए । नयाँ खेल मैदानबाट युवा विद्यार्थीले फुटबल खेललाई निरन्तरता दिन थालेको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

फूटबल मैदानको व्यवस्थापनले खेलको साथै ठुलाखाले सभा सम्मेलन जस्ता कार्य सम्पन्न गराउन समेत सहज भएको छ ।

खेलमैदानको आकार ६२ फिट लम्वाई र ४२ फिट चौढाई भएको मैदान एवं दक्षिण तर्फको भागमा पाँच सय भन्दा बढी क्षमताको दर्शक बस्ने स्थल समेत निर्माण गरिएको गोसाइँकुण्ड – ६ का वडाध्यक्ष दावासिदार तामाङले जानकारी दिए ।

विसं २०४२ मा फुटबल तथा (हेलिकप्टर बसाल्ने) हेलिप्याड नामाकरण दिइ सानो आकारमा निर्माण गरेको मैदानलाई सो गाउँपालिकाले व्यवस्थित रूपले स्तरोन्नति र सिमेन्टको टेवापर्खाल सहितको संरचना निर्माण गरी रंगशाला तयार गरेको हो ।

सुधार सहित नयाँ तरिकाबाट निर्माण गरेको फुटबल मैदानमा खेलिरहेको बल सुरक्षित पार्न १५ फिट अग्लो फलामे तारबार लगाइएको छ ।

सोही कारण हेलिकप्टर अवतरणका लागि भने केही असहज हुने महशुस गर्दै गाउँपालिकाले हेलिकप्टर अवतरणको लागि अन्यत्र व्यवस्थापन गर्न लागेको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले हेलिकप्टर अवतरणका अन्यत्र व्यवस्थापन गर्ने जानकारी दिए ।

यसैगरि भलिबल खेलका लागि भने धुञ्चे स्थित बालमन्दिर प्राङ्गणलाई व्यवस्थित गरिएको छ । तारवार सहितको सो खेल मैदानलाई छात्र÷छात्राले नियमित अभ्यासमा उपयोग गर्दै आएका छन् । फुटवल मैदानमा जस्तै भलिवल मैदानमा पनि दर्शक बस्ने स्थल र घेरावार समेत निर्माण गरिएको छ ।

भिरालो जमिनमा खेल खेलाउदा खेलाडीले हानेको बल निकै तलसम्म पुग्ने समस्या पार गर्दै अबका दिनमा जिल्ला स्तरबाट खेलाइने सवै प्रकारका खेल कार्य सम्पन्न गराउन दुई वटा मैदानबाट सहज वातावरण सिर्जना भएको गाउँपालिकाले जनाएको छ ।

छब्बिसौं वन्यजन्तु सप्ताह अन्तर्गत गाउँपालिकाले यही वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । सो खेलमा जिल्ला भरका १७ समुहले भाग लिएका कार्यक्रमका संयोजक तेम्वा जिएले जानकारी दिए ।

यस्तै गाउँ गाउँमा खेलको जागरण बढ्दै गएपनि धुञ्चेको रंङ्गशाला जस्तै अधिकांश स्थानमा व्यवस्थित खेलमैदानको आवश्यकता महशुस हुन थालेको छ ।

कम्पाउण्डभित्र सानो तिनो मैदान तयार गरी विद्यालयले आफ्ना छात्र÷छात्रालाई खेलमा जागरण गराई रहेपनि भिरालो जमिनका कारण बल अनियन्त्रित हुने समस्या बढ्दो रहेको शिक्षकले बताएका छन् । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भटृले खेलकुदमा विद्यार्थीको अभिरूचि बढ्दै गएको बताए ।

उनले भलिबल, फुटबल, दौड, हाइजम जस्ता बिबिध खेलकुदको विकास र विस्तार गर्न व्यवस्थित मैदानका लागि आफुले सबै गाउँपालिकासँग समन्वयकारी भूमिका निर्वाह गरि रहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : ५९ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ