चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा « Khabarhub

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।

खेलको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले १-० को अग्रता बनायो । निशान खड्काको क्रसमा निशानले बललाई पोस्टको जाली चुमाए ।

खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए । निशान लिम्बुको क्रसमा अनमार्क रहेका ओलावालेले हेड मार्फत गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३-० को जित दिलाए । खेलमा धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीकै बुद्ध बल तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे । जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो ।

पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो ।

तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । चितवनको यो पहिलो हार हो ।

चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो खेलमा चितवनले बुटवलसँग २-२ को बराबरी खेलेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : ४१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी