रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।
त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यवस्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिइएका केही सुझावहरू लाभकारी हुन सक्छन ।
रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिडयुक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो ।
रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्दछ ।
यस्तो अवस्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्फत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई सामन गर्न सघाउने खालका खाने कुराहरू खान आवश्यक छ ।
१. यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुटुकलेजो मिर्गौला र गिदी जस्ता भित्री अंगको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२. समुन्द्री खाद्यान्न विशेष गरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरी, ट्यूना,एन्कोभिज प्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पतीहरुबाट निर्मित खाने कुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
३. मदिरा – युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय पदार्थ सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथै शरीरमा बनेको यूरिक एसिडलाई पिसापबाट उत्सर्जन हुन पनि रोक्दछ ।
४. कोल्ड ड्रिङ्क्स– कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्क्स, मह पानी, सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ । फ्रूक्टोजले एटीपीलाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५. दाल – गेडागुडडी– दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ ।
७. जङ्कफूड– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रिजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढेर यूरिक एसिड बढ्ने समस्या आउछ ।
८. अचार (पूरानो) तामा , गुन्द्रुकसिन्की पनि राम्रो होइन ।
प्रतिक्रिया