भारतमा  घट्दै संक्रमण र मृत्यु दर, थप १ लाख २६ हजारमा संक्रमण | Khabarhub Khabarhub

भारतमा  घट्दै संक्रमण र मृत्यु दर, थप १ लाख २६ हजारमा संक्रमण


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८  जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ७८२ मा झरेको छ । सोमबार पनि मृतक संख्या अघिल्ला दिनहरूको तुलनामा कम भएको थियो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३१ हजार ९०९ पुगेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ५५ बजे

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन