प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष- समस्या कालो कोटमा हैन कालो सोचमा « Khabarhub

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता शर्माको कटाक्ष- समस्या कालो कोटमा हैन कालो सोचमा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको सुनुवाइका लागि संवैधानिक इजलासमा तोकिएका  न्यायाधीशबारे प्रश्न उठाउने कानून व्यवसायीको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आलोचना गरे ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई कटाक्ष गरेका छन् ।

कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गरेका छन् ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैव निन्दनीय हुन्छ।’

उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

 

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ५५ बजे

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा