यूएईले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल पठाउने « Khabarhub

यूएईले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री नेपाल पठाउने


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले दोस्रो लहरको कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठक यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी दिएको हो ।

यूएई सरकारले कोभिड-१९ बाट सङ्‌क्रमित नेपालीहरूको सहयोगका लागि १ सय ५० भेन्टिलेटरसहित अन्य अत्यावश्यक स्वास्थ्य उपकरणहरु पठाउन लागेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त बैठकमा कोभिड-१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध पक्षहरूमा छलफल भएको थियो।

मन्त्री ज्ञवालीले यूएई सरकारले नेपाललाई कठिन समयमा सदैव सहयोग गर्दै आएको स्मरण गर्दै यूएईमा रहेका नेपाली समुदायलाई उपलब्ध गराउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

युएई सरकारले गत वर्ष अप्रिलमा पनि नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो । यस्तै, नेपालमा अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन नेपाली दूतावास यूएई र विभिन्न संघसस्थाहरु मिलेर कोभिड १९ संयुक्त राहत संकलन समिति मार्फत सहयोग उठाइरहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : २५ बजे

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको