एमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, प्रष्टीकरण सोधिएका १२ जनालाई थप कारबाहीको तयारी


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

आइतबार र सोमबार बस्दै नबसी स्थगित गरिएको बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा पार्टीको अनुशासनवपिरितका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे  निर्णय हुने सम्भावना रहेको तामाङले बताए ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

उनीहरुले लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको जनाइएको छ ।

यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।

यस्तै आजको बैठकमा अध्यादेशमार्फत् ल्याइएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गर्ने तयारी छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : ५५ बजे

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको