संसद विघटनको मुद्दा : आज पनि पुरानै इजलास कायम « Khabarhub

संसद विघटनको मुद्दा : आज पनि पुरानै इजलास कायम


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित न्यायाधीशहरू दिपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

पछिल्लो प्रतिनिधिसभा विघटनको मुद्दाको प्रारम्भिक दुई दिन यिनै न्यायाधीश सम्मिलित संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ ।

इजलासमा संलग्न न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि सोमबारको सुनुवाई स्थगित गरिएको थियो । अरु दुई न्यायाधीश केसी र श्रेष्ठले आफूहरूले सुनुवाईलाई निरन्तरता दिने बताएपछि फेरि मंगलबार पनि यही इजलास कायम भएको हो ।

संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पुरानै कायम भएको छ ।

विवादकै कारण सोमबार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन । आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ०७ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी