काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सं‌क्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ ।

निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

बैठकमा पछिल्लो साताको कोरोना संक्रमणदर, स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गर्दै निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

गत वैशाख १६ गतेदखि निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमणदर नघटेपछि एक सातादेखि काठमाडौँ उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको थियो ।

यो हप्ताको कोरोना संक्रमण दरको अध्ययनका साथै आम सर्वसाधारणको अवस्थालाई ख्यालमा राख्दै निषेधाज्ञाबारे निर्णय लिने प्रजिअ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : १६ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी