हारेको मानसिकताले ओलीले कानून व्यवसायीको मानमर्दन गरे : डा.कोइराला « Khabarhub

हारेको मानसिकताले ओलीले कानून व्यवसायीको मानमर्दन गरे : डा.कोइराला


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुमाथि गरेको मानमर्दन हारेको मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेस नेता कोइरालाको यस्तो टिप्पणी आएको हो ।

ओलीले कानून व्यवसायीलाई लगाएको आरोप उनीहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उपहास समेत भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले प्रधानमन्त्रीको न्यायालय र वकिलहरु प्रतिको टिप्पणी भन्दै लेखेका छन्,’उनीहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मानसिकताको उपज,लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन,अधिनायकबादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह वन्ने चाहना।सजग बनौं, सबै क्षेत्रबाट सशक्त प्रतिकार गरौं।

आजै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि ओलीको आलोचना गरेका छन् । कोइरालाले ओली गणतन्त्रसम्म आइपुग्दा भएको विगतको उनको आन्दोलनमा पनि प्रश्न उठाएका छन् ।

‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो । तर, ती सबै वकिलहरु कालोकोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए’ कोइरालाले भनेका छन्, ‘आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरुको योगदान ?’

तानाशाहहरुको पतन न्यायलयले गरेको समेत उनले स्मरण गराएका छन् ।  ‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानुपर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो,’ कोइरालले लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ५० बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव