बलिउडमा ब्यूँतियो ‘मीटू’ « Khabarhub

बलिउडमा ब्यूँतियो ‘मीटू’


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा पुनः एकपटक ‘मीटू’ अभियान ब्यूँतिएको छ । एक पूर्व मोडल, स्वतन्त्र कलाकार र गीतकारले बलिउडका नाम चलेका ९ व्यक्तिमाथि दुव्र्यवहार र बलात्कारको आरोप लगाएकी छन् ।

दैनिक भास्करका अनुसार ती मोडलले निर्माता तथा अभिनेता जेकी भगनानी, कंगना रनावत स्टारर फिल्म ‘थलाइवी’का निर्माता विष्णु वर्धन इन्दुरी, फोटोग्राफर कोल्सटन जूलियन र क्वान इन्टरटेनमेन्टका सहसंस्थापक अनिर्बान दास ब्लाहमाथि आरोप लगाएकी हुन् ।

मोडलले बान्द्रा पुलिस स्टेसनमा उनीहरुविरुद्ध एफआईआर दर्ता गराएकी छन् । एफआईआरमा कृष्ण कुमार, निखिल कामत, शील गुप्ता, अजीत ठाकुर र गुरुज्योत सिंहको नाम पनि लेखिएको छ ।

एफआईआरमा फोटाग्राफर जूलियनले सन् २०१४ देखि २०१८ बाट बीच कैयौं पटक बलात्कार गरेको उल्लेख गरिएको छ । ती मोडलका अनुसार उजुरी दिएको केही दिनमै एफआईआर दर्ता गरिएको थियो ।

उजुरी परेपनि कोही कसैलाई पक्राउ गरिएको छैन । यद्यपि कृष्ण कुमार र जूलियनले आरोप गलत भएको दाबी गरेका छन् । जूलियनले मोडलविरुद्ध मानहानी मुद्धा दर्ता गर्ने धम्की दिएका छन् ।

पीडित भनिएकी महिलाले मे १८ मा उजुरी दिएपछि यो विषयलाई बान्द्राको जोन–९ को डीसीपीको अधिकार क्षेत्रमा पठाइएको छ ।

बान्द्रामा सन् २०१२ देखि २०१९ सम्म यौन दुव्र्यवहारको घटना बढेपछि बान्द्रामै निवेदन दिइएको हो । पीडितको बयानका आधारमा मे २६ मा इण्डियन पेनल कोडसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गरिएको थियो ।

यद्यपि आरोपी भगनानी भारतमा छैनन् । उनी सेप्टेम्बरमा मुम्बई फर्किने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी