बलिउडमा ब्यूँतियो ‘मीटू’ « Khabarhub

बलिउडमा ब्यूँतियो ‘मीटू’


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा पुनः एकपटक ‘मीटू’ अभियान ब्यूँतिएको छ । एक पूर्व मोडल, स्वतन्त्र कलाकार र गीतकारले बलिउडका नाम चलेका ९ व्यक्तिमाथि दुव्र्यवहार र बलात्कारको आरोप लगाएकी छन् ।

दैनिक भास्करका अनुसार ती मोडलले निर्माता तथा अभिनेता जेकी भगनानी, कंगना रनावत स्टारर फिल्म ‘थलाइवी’का निर्माता विष्णु वर्धन इन्दुरी, फोटोग्राफर कोल्सटन जूलियन र क्वान इन्टरटेनमेन्टका सहसंस्थापक अनिर्बान दास ब्लाहमाथि आरोप लगाएकी हुन् ।

मोडलले बान्द्रा पुलिस स्टेसनमा उनीहरुविरुद्ध एफआईआर दर्ता गराएकी छन् । एफआईआरमा कृष्ण कुमार, निखिल कामत, शील गुप्ता, अजीत ठाकुर र गुरुज्योत सिंहको नाम पनि लेखिएको छ ।

एफआईआरमा फोटाग्राफर जूलियनले सन् २०१४ देखि २०१८ बाट बीच कैयौं पटक बलात्कार गरेको उल्लेख गरिएको छ । ती मोडलका अनुसार उजुरी दिएको केही दिनमै एफआईआर दर्ता गरिएको थियो ।

उजुरी परेपनि कोही कसैलाई पक्राउ गरिएको छैन । यद्यपि कृष्ण कुमार र जूलियनले आरोप गलत भएको दाबी गरेका छन् । जूलियनले मोडलविरुद्ध मानहानी मुद्धा दर्ता गर्ने धम्की दिएका छन् ।

पीडित भनिएकी महिलाले मे १८ मा उजुरी दिएपछि यो विषयलाई बान्द्राको जोन–९ को डीसीपीको अधिकार क्षेत्रमा पठाइएको छ ।

बान्द्रामा सन् २०१२ देखि २०१९ सम्म यौन दुव्र्यवहारको घटना बढेपछि बान्द्रामै निवेदन दिइएको हो । पीडितको बयानका आधारमा मे २६ मा इण्डियन पेनल कोडसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गरिएको थियो ।

यद्यपि आरोपी भगनानी भारतमा छैनन् । उनी सेप्टेम्बरमा मुम्बई फर्किने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको