ऐश्वर्याको अनुहारसँग मिल्दाजुल्दा यी पाँच मोडल « Khabarhub

ऐश्वर्याको अनुहारसँग मिल्दाजुल्दा यी पाँच मोडल


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै हुने गरेको छ ।

जीन्यूजका अनुसार ऐश्वर्या जस्तै देखिने कैयौ सोसियल मिडिया सेन्सेसन पनि छन् । जसका तस्वीर भाइरल भइरहन्छन् । ऐश्वर्या जस्तै देखिने ५ मोडल र सोसियल मिडिया इन्फ्यून्सरका बारे जीन्यूजले लेखेको छ ।

ऐश्वर्यासँग मिल्ने अनुहारमा आमना इमरानको नाम हालै जोडिएको छ । आमना पाकिस्तानी महिला हुन् । उनी पेशाले मेडिकल व्यवसायी हुन् ।

सामाजिक सञ्जाल स्टार अमूज अमृताको तुलना पनि ऐश्वर्यासँग गरिएको छ । ऐश्वर्याको फिल्मी दृश्य रिक्रिएट गरेको उनको एक भिडियो निकै भाइरल भएको थियो ।

मराठी अभिनेत्री मानसी नाइकको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । अभिनेता सलमान खानले फिल्ममा ल्याएका अभिनेत्री स्नेहा उल्लालको तुलना पनि ऐश्वर्यासँग हुने गरेको छ । उनलाई कतिपयले ऐश्वर्याको कपी नै भन्ने गरेका छन् ।

इरानी मोडल महलाघा जबेरीलाई पनि ऐश्वर्याको कपी मानिन्छ । महलाघाको खैरो आँखादेखि लिएर ओठसम्म ऐश्वर्यासँग मिल्ने गरेको छ ।

महलाघा भारत आइसकेकी छन् । उनी सन् २०१९ मा भारत आएकी थिइन् । उनले एक मन्दिर बाहिर फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : ५० बजे

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री