सानिमा बैकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि « Khabarhub

सानिमा बैकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सानिमा बैकले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्गएपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ ।

यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिनेछ ।

ग्राहकले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टमार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।

सानिमा बैंकको सातै प्रदेशमा अहिले ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम संचालनमा छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ३ : २० बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन