प्रियंका बन्लिन् रानी अहिल्याबाई ? « Khabarhub

प्रियंका बन्लिन् रानी अहिल्याबाई ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड पुगे पनि उनको अभिनय मनपराउने दर्शक अझै पनि भारतमा छन् । उनले आफ्नो लामो अभिनय करियरमा कैयौं सम्झनलायक भूमिका निभाएकी छन् । उनले ग्ल्यामर युवतीदेखि लिएर चरित्र भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।

उनको अभिनयबाट प्रभावित लेखक मनोज मुंतशिरले आफूले निर्माण गर्न लागेको रानी अहिल्याबाई होल्करको कथामा आधारित फिल्ममा प्रियंकालाई लिने तयारी भइरहेको बताएका छन् । उनले रानी अहिल्याबाईको भूमिकाका लागि चाहिने इच्छा, संकल्प र आत्मविश्वास प्रियंकामा रहेको दाबी गरेका छन् ।

बलिउड लाइफका अनुसार उनले रानी अहिल्याबाईको आत्मकथाका बारेमा प्रियंकासँग कुराकानी गरेका छैनन् । किनकी प्रियंका हालका दिनमा अमेरिकामा छिन् । उनी भारत आउनासाथ कुरा गर्ने मनोजको भनाइ छ ।

यो फिल्म सन् २०२१ को अन्त्यसम्ममा फ्लोरमा जानेछ । मनोज हालका दिनमा आफ्नो टिमको साथ फिल्मको कथा र संवाद लेखिरहेका छन् । फिल्मको बाँकी स्टारकास्टको बारेमा केही खुलाइएको छैन ।

मनोज बलिउडका नाम चलेका लेखक हुन् । उनले ‘बाहुबली’ सिरिजको हिन्दी संवाद र गीत लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ३ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको