प्रियंका बन्लिन् रानी अहिल्याबाई ? « Khabarhub

प्रियंका बन्लिन् रानी अहिल्याबाई ?


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड पुगे पनि उनको अभिनय मनपराउने दर्शक अझै पनि भारतमा छन् । उनले आफ्नो लामो अभिनय करियरमा कैयौं सम्झनलायक भूमिका निभाएकी छन् । उनले ग्ल्यामर युवतीदेखि लिएर चरित्र भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।

उनको अभिनयबाट प्रभावित लेखक मनोज मुंतशिरले आफूले निर्माण गर्न लागेको रानी अहिल्याबाई होल्करको कथामा आधारित फिल्ममा प्रियंकालाई लिने तयारी भइरहेको बताएका छन् । उनले रानी अहिल्याबाईको भूमिकाका लागि चाहिने इच्छा, संकल्प र आत्मविश्वास प्रियंकामा रहेको दाबी गरेका छन् ।

बलिउड लाइफका अनुसार उनले रानी अहिल्याबाईको आत्मकथाका बारेमा प्रियंकासँग कुराकानी गरेका छैनन् । किनकी प्रियंका हालका दिनमा अमेरिकामा छिन् । उनी भारत आउनासाथ कुरा गर्ने मनोजको भनाइ छ ।

यो फिल्म सन् २०२१ को अन्त्यसम्ममा फ्लोरमा जानेछ । मनोज हालका दिनमा आफ्नो टिमको साथ फिल्मको कथा र संवाद लेखिरहेका छन् । फिल्मको बाँकी स्टारकास्टको बारेमा केही खुलाइएको छैन ।

मनोज बलिउडका नाम चलेका लेखक हुन् । उनले ‘बाहुबली’ सिरिजको हिन्दी संवाद र गीत लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ३ : ४५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।