रुपन्देहीमा एकै दिन ५ जना फरार दोषी पक्राउ « Khabarhub

रुपन्देहीमा एकै दिन ५ जना फरार दोषी पक्राउ


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ‘फरार प्रतिवादी अप्रेसन’ अन्तर्गत जघन्य अपराधका ५ जना फरार दोषीहरू पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका तीन जना, जबर्जस्ती करणी मुद्दाका एक जना र अप्राकृतिक मैथुन मुद्दाका एक जना फरार अभियुक्तहरू एकै दिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–११ निवासी ५३ वर्षीय धनबहादुर बुढाथोकी, १४ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–१६ का कन्हैया कवर जोगी र १९ वर्ष ३ महिना कैद सजाए भएका गैडहवा–८ बस्ने बलु सुनार भन्ने वलवीर कुमार सुनार पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–१६ का राजन चौधरी भन्ने वेनीराम कवर जोगी र अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाए भएका तिलोत्तमा नगरपालिका–२ का बाबुराम विक पनि पक्राउ परेका छन् ।

गत वैशाख १ गतेदेखि सञ्चालित फरार प्रतिवादी विरुद्धको अप्रेशन अन्तर्गत जघन्य अपराधमा संलग्न भई १० वर्षभन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हालसम्म १६ जना पक्राउ गरेको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ३३ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप