रुपन्देहीमा एकै दिन ५ जना फरार दोषी पक्राउ « Khabarhub

रुपन्देहीमा एकै दिन ५ जना फरार दोषी पक्राउ


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ‘फरार प्रतिवादी अप्रेसन’ अन्तर्गत जघन्य अपराधका ५ जना फरार दोषीहरू पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका तीन जना, जबर्जस्ती करणी मुद्दाका एक जना र अप्राकृतिक मैथुन मुद्दाका एक जना फरार अभियुक्तहरू एकै दिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–११ निवासी ५३ वर्षीय धनबहादुर बुढाथोकी, १४ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–१६ का कन्हैया कवर जोगी र १९ वर्ष ३ महिना कैद सजाए भएका गैडहवा–८ बस्ने बलु सुनार भन्ने वलवीर कुमार सुनार पक्राउ परेको प्रहरी कार्यालयले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका–१६ का राजन चौधरी भन्ने वेनीराम कवर जोगी र अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाए भएका तिलोत्तमा नगरपालिका–२ का बाबुराम विक पनि पक्राउ परेका छन् ।

गत वैशाख १ गतेदेखि सञ्चालित फरार प्रतिवादी विरुद्धको अप्रेशन अन्तर्गत जघन्य अपराधमा संलग्न भई १० वर्षभन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हालसम्म १६ जना पक्राउ गरेको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ७ : ३३ बजे

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ