नेपाल-खनाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकबारे आज संस्थागत धारणा सार्वजनिक गर्ने « Khabarhub

नेपाल-खनाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकबारे आज संस्थागत धारणा सार्वजनिक गर्ने


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी समिति बैठक आज बस्दैछ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेको संस्थापन पक्षले शुक्रबार  २०७४ जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक डाके भनेपछि यसबारे संस्थागत धारणा तय गर्न नेपाल-खनाल समूहको बैठक बस्न लागेको हो ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीका अनुसार अध्यक्ष केपी ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ को फागुन २८ कै अवस्थासम्म पुर्‍याएका छन् ।

अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल-खनाल समूहमा असन्तुष्टि छ ।

ज्ञवालीका अनुसार अवैध कमिटीबाट सदस्य थपेर पार्टी संरचना फागुन २८ कै परिस्थितिमा पुर्‍याएकाले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा जाने सम्भावना छैन । तथापि यसबारे आजको स्थायी कमिटी बैठकमार्फत अपराह्नसम्म संस्थागत धारणा सार्वजनिक गरिने उनले बताए ।

ओलीको पटक-पटक धोका दिएकाले दुबै पक्ष बसेर सहमति कायम गर्दै प्याकेजमै अघि बढेमात्रै सहमति हुन सक्ने नेता विरोध खतिवडा बताउँछन् ।

‘पटक/पटक धोका दिएका ओलीलाई विश्वास गर्न सकिन्न, कसै गर्दा पनि पार नलागेपछि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा प्रभावित पार्न मात्रै ओलीले चालवाजी गरेका हुन्,’ खतिवडाले भने,’फेरि पनि हामी उनको दासजस्तो हुन जाने सम्भावना छैन, गइयो नै भने पनि पार्टीका निर्णय प्रकियामा माधव नेपालको पनि हस्ताक्षर हुने गरीको सहमतिमा जान्छौँ ।’

 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ४० बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट