यूएई र कुवेतबाट फर्किने नेपालीले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने « Khabarhub

यूएई र कुवेतबाट फर्किने नेपालीले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै खाडी मुलुक यूएई र कुवेतबाट फर्किने नेपालीले आफ्नै खर्चमा ७ दिनसम्म काठमाडौँमा होटल क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

विदेशबाट नेपाल फर्किने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) र कुवेतबाट फर्किन चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने त्यहाँस्थित नेपाली दूतावासहरुले जनाएको छ ।

१. फोटो एवं बारकोड, क्युआर कोडसहितको पछिल्लो ७२ घण्टाभित्रको कोभिड-१९ पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ हुनुपर्ने।

२. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने।

३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने।

४. कोभिड-१९ विरुद्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन सेफ क्वारेन्टिन मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने।

५. अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने।

६. अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइने।

७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।

८. माथि बुँदा नं. ५, ६ र ७ को प्रावधानबमोजिम होम-क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने एन्टीजेन परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने । तर एन्टीजेन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने।

एन्टीजेन परीक्षणको रिपोर्ट नेगेटिभ आइ होम-क्वारेन्टिनमा गएका यात्रुहरूले एघारैँ दिनमा पिसिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।

उडान बन्द हुँदा खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपालीहरु बढी समस्यामा परेका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : ५९ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान