लागुऔषध र मदिराको लतमा फसेका यी कलाकार « Khabarhub

लागुऔषध र मदिराको लतमा फसेका यी कलाकार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड फिल्म उद्योग जोकोहीका लागि चमकधमकले भरिपूर्ण लाग्छ । यसमा काम गर्ने कलाकारहरु फ्यानको हृदयमा राज गर्छन्, त्यहीकारण पनि जोकोही कलाकार बन्न चाहन्छन् ।

यद्यपि फिल्म उद्योगमा सबै कुरा राम्रो छ भन्ने हुँदैन । फिल्ममा जोडिएको यस्ता केही कालो रहस्य छन्, जसले आफ्ना फ्यानलाई टाढा राखेको छ । बलिउडका केही कलाकारहरु मदिरा र लागुऔषधको लतमा फसेर त्यसबाट बाहिर आइसकेका छन् । केही कलाकारको त मदिरा र लागुऔषधको लतले करियर बर्बाद हुने अवस्थासम्म आइपुगेको थियो ।

अभिनेता सञ्जय दत्तको बायोपिकको प्रवद्र्धन गरिरहँदा अभिनेता रणवीर कपूरले आफूले कलेजको दिनमा लागुऔषध लिने गरेको खुलासा गरेका थिए । ‘म कलेजका दिनमा लागुऔषध सेवन गर्थें र गलत संगतमा परेको थिएँ । केही समयमा नै मलाई यदि मैले लागुऔषध प्रयोग गरें भने जिन्दगीमा केही गर्न सक्दिनँ भन्ने लाग्यो । हरेक व्यक्ति जीवनमा गलत काम गर्छन्’उनले भनेका छन् ।

टेलिभिजन उद्योगका चर्चित कमेडियन कपिल शर्मा पनि मदिराको लतमा थिए । यही लतका कारण उनको कमेडी शो बन्द भएको थियो । अहिले उनले मदिरा छोडिसकेका छन् ।

अभिनेता धर्मेन्द्रले आफू १५ वर्षसम्म मदिराको लतमा रहेको खुलाएका थिए । उनले मदिराले आफ्नो करियरमा नकारात्मक प्रभाव बनाएको उल्लेख गरेका छन् ।

अभिनेत्री पूजा भट्टले सन् २०१७ मा आफू वर्षौसम्म मदिराको लतमा लागेपछि पिता महेश भट्टले आफ्नो उद्दार गरको जनाएकी छन् ।

अभिनेता सञ्जय दत्तले आफ्नो जवानीमा एक युवाले गर्नुपर्ने सबै काम गरे । मदिरादेखि लिएर लागुऔषध सबैको सेवन गरिसकेका छन् ।

सन् ८० को दशककी लोकप्रिय अभिनेत्री मनीषा कोइरालाले आफ्नो पुस्तकमा आफू कसरी मदिराको लतमा फसेको र कसरी त्यसबाट मुक्त भएको उल्लेख गरेकी छन् ।

अभिनेता प्रतीक बब्बरले मिडियामा आफ्नो लागुऔषध लडाईंको बारेमा जानकारी दिएका थिए । लागुऔषधका कारण आफूले धेरै समस्या भोगेको उनले बताएका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  २ : ३३ बजे

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग