निर्माण सम्पन्न नहुँदै मुख्यमन्त्रीले उद्घाटन गरेको अस्पताल अझै सञ्चालन भएन « Khabarhub

निर्माण सम्पन्न नहुँदै मुख्यमन्त्रीले उद्घाटन गरेको अस्पताल अझै सञ्चालन भएन


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको कोभिड अस्पताल अझै सञ्चालनमा आएको छैन ।

जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको निर्मित भवनमा मर्मत सम्भार गरी उद्घाटन गरेको अस्पताल अझै सञ्चालनमा आउन सकेका छैन ।

निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको एक महिना बितिसक्दासमेत कोभिड विशेष अस्पताल सञ्चालन अन्यौलमै छ ।

गत असार ३ गते मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक सय शैय्याको अस्पताल उद्घाटन गरेका थिए ।

सरकारले दुई पटक निर्णय र बजेटमै समावेश गरी सञ्चालनमा ल्याउने घोषणा गरे पनि काम भने गति लिएको छैन । कोरोना महामारीको पहिलो लहरमै सरकारले कोरोनासँग जुध्न त्यहाँ कोभिड अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेका थिए । तर विस्तारै कोरोना महामारीको संक्रमण कम हुन थालेपछि निर्माणको प्रक्रियासमेत अगाडी बढेको थिएनन् ।

दोस्रो लहरमा भेरिएन्टसहितको कारोना आएपछि पुनः सरकारले वैशाख १७ गतेको मन्त्रिपरिषद्बाट निर्माण गर्ने निर्णय गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तरगत २० आइसीयुसहित एक सय शैय्याको अस्पताल मर्मत सम्भारको काम वैशाख २९ गते डिजाईनर्स नेपाल भत्तपुरका निर्माण कम्पनीलाई दिए । दुर्ई करोड ७० लाख करसहितको रकममा कम्पनीले २१ दिन भित्र सम्पन्न गरेर दिने सम्झौता गरेका थियो । तर, काम सुरु भएको दुई महिनापछि हस्तान्रण गेरपनि २५ प्रतिशत काम बाँकी नै छ ।

यस विषयमा प्रदेश सरककारका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिन मानेनन् । निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर सशांक सिग्देलले थोरै सानो सानो काम बाँकी रहेको बताए ।

उनका अनुसार ९५ प्रतिशत भन्दा बढी काम सम्मपन्न भइसकेको छ । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टीङ, फोहर व्यवस्थापन गर्ने र अस्पतालका लागि चाहिने बेड सेटसहित हस्तान्तरण गरेको छ । अस्पतालमा ३० वटा कोठामध्ये चार वटा कोठा अझै मर्मत सम्भार भएको छैन् । लकडाउनका कारण समान र जनशक्ति अभावमा निर्माणमा ढिलाई भएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  २ : ४५ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको