जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको कोभिड अस्पताल अझै सञ्चालनमा आएको छैन ।
जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको निर्मित भवनमा मर्मत सम्भार गरी उद्घाटन गरेको अस्पताल अझै सञ्चालनमा आउन सकेका छैन ।
निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको एक महिना बितिसक्दासमेत कोभिड विशेष अस्पताल सञ्चालन अन्यौलमै छ ।
गत असार ३ गते मुख्यमन्त्री राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा एक सय शैय्याको अस्पताल उद्घाटन गरेका थिए ।
सरकारले दुई पटक निर्णय र बजेटमै समावेश गरी सञ्चालनमा ल्याउने घोषणा गरे पनि काम भने गति लिएको छैन । कोरोना महामारीको पहिलो लहरमै सरकारले कोरोनासँग जुध्न त्यहाँ कोभिड अस्पताल निर्माण गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेका थिए । तर विस्तारै कोरोना महामारीको संक्रमण कम हुन थालेपछि निर्माणको प्रक्रियासमेत अगाडी बढेको थिएनन् ।
दोस्रो लहरमा भेरिएन्टसहितको कारोना आएपछि पुनः सरकारले वैशाख १७ गतेको मन्त्रिपरिषद्बाट निर्माण गर्ने निर्णय गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तरगत २० आइसीयुसहित एक सय शैय्याको अस्पताल मर्मत सम्भारको काम वैशाख २९ गते डिजाईनर्स नेपाल भत्तपुरका निर्माण कम्पनीलाई दिए । दुर्ई करोड ७० लाख करसहितको रकममा कम्पनीले २१ दिन भित्र सम्पन्न गरेर दिने सम्झौता गरेका थियो । तर, काम सुरु भएको दुई महिनापछि हस्तान्रण गेरपनि २५ प्रतिशत काम बाँकी नै छ ।
यस विषयमा प्रदेश सरककारका प्रतिनिधिहरुले कुनै प्रतिक्रिया दिन मानेनन् । निर्माण कम्पनीको प्रोजेक्ट म्यानेजर सशांक सिग्देलले थोरै सानो सानो काम बाँकी रहेको बताए ।
उनका अनुसार ९५ प्रतिशत भन्दा बढी काम सम्मपन्न भइसकेको छ । कम्पनीले मर्मत सम्भार, झ्याल, ढोका, प्लास्टर, पेन्टीङ, फोहर व्यवस्थापन गर्ने र अस्पतालका लागि चाहिने बेड सेटसहित हस्तान्तरण गरेको छ । अस्पतालमा ३० वटा कोठामध्ये चार वटा कोठा अझै मर्मत सम्भार भएको छैन् । लकडाउनका कारण समान र जनशक्ति अभावमा निर्माणमा ढिलाई भएको उनले बताए ।
प्रतिक्रिया