बाढीले कमला नदीको पुल भासियो « Khabarhub

बाढीले कमला नदीको पुल भासियो


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– निर्माण पूरा भइ सञ्चालनको तयारीमा रहेको कमला नदीको पुल भासिएको छ । लगातारको वर्षाले नदीमा बाढी आउँदा पुल भासिएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।

पुलको पिलर एक फिट भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । उनका अनुसार नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो (स्पान –पिलर) भाँसिएको छ ।

उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भाँसिएको छ । सञ्चालन नुहँदै पुलको पिलर भासिन थालेपछि प्रमुख जिल्ला अधिकारी कँडेलले छानविनको माग गरेका छन् ।

उनले गृह मन्त्रालयलाई छानविन गर्न सिफारिस गर्दै पुलको डिजाईन गलत वा डिजाइनअनुसार काम नभएको बताउँदै पिलर भासिएको हुन सक्ने बताए ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि ०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको छ ।

भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको भन्दै लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको प्रजिअ कडेँलले बताए । पुल मात्र ४२ महिनामा निर्माण हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पुरा भए पनि हस्तान्तर नहुँदै भासिएको हो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ४ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका