अभिनेत्री एलिसनलाई जेल सजाय « Khabarhub

अभिनेत्री एलिसनलाई जेल सजाय


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री एलिसन मेकलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि युवतीहरुलाई यौनधन्दामा जबरजस्ती लगाएको गम्भीर आरोप लागेको थियो । उनले युवतीमाथि ग्राहकसँग जबरजस्ती यौन सम्बन्ध राख्न दबाब दिने गरेकी थिइन् ।

यही आरोपअनुसार एलिसनमाथि ब्रुकलिनको संघीय अदालतमा सुनुवाई भएको थियो । उनको सजाय २९ सेप्टेम्बरबाट सुरु हुनेछ । एलिसनले अदालतमा आफ्नो कार्यप्रति पछुतो रहेकाले यो पछुतो आफ्नो जीवनको एउटा बोझ हुने बयान दिएकी थिइन् ।

सजाय सुनाउनु अघि एलिसनले पीडितहरु र उनकीहरुको परिवारसमक्ष रुँदै आफ्नो काम अपमानजनक, घृणित र अवैध भनेकी थिइन् । उने एनएक्सआईवीएम नेता कीथ रेनायरलाई पूर्ण रुपमा छोडेको बताएकी थिइन् । कीथ केही समय अघि नै यौन तस्करी र अन्य अपराधका लागि १ स्य २० वषको जेल सजाय काटिरहेका छन् ।

कीथले एनएक्सआइवीएम नामक एक संगठन बनाएका थिए र उनीबाहेक सबै महिला थिए । यो संगठनमा महिललाई जनावरभन्दा बढी दुव्र्यवहार गरिन्थ्यो । संगठनमा जोडिने महिलालाई कीथका साथ जबरजस्ती शारीरिक सम्बन्ध राख्न बाध्य पारिन्थ्यो । एलिनसन कीथलाई सहयोग गर्थिन् र अन्य युवतीलाई तस्करी गरेर संगठनमा राख्थिइन् ।

एलिसन डब्ल्यूबी टेलिभिजन सिरिज स्मलविले कार्यक्रमबाट लोकप्रिय भएकी थिइन् । उनले अधिकांश समय वेब सिरिजमा काम गरिन् । केहीमा उनले बोल्ड दृश्य पनि दिएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : २० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार