शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय « Khabarhub

शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग वार्ता गरिएको थियो । केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी, जनसंघठनलाई २०७५ साल जेठ २ गतेभन्दा अघिबाट शुरु गर्न आग्रह गरेका थियौँ। यसप्रति हामी अझैपनि सकारात्मक छौं । तर विधानविपरित महाविधेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयका कारण पार्टी एकता हासिल गर्न अवरोध पुग्ने भएकाले भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छौँ।’

नेता नेपाल समूहले एमालेभित्र देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने समेत निर्णय गरेको छ । स्थायी कमिटीको निर्णयपछि मात्रै केन्द्रिय कमिटीको बैठक बोलाइनुपर्ने नेपाल समूहको माग छ ।

भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेर नेता नेपाल समुहका नेताहरु भने ओली समूहका नेताहरुसँग छलफलका लागि ललितपुरको समिट होटलमा पुगेका छन् ।

छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । ओली समूहबाट भने नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ७ : ०९ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली