वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड « Khabarhub

वाम र प्रजातान्त्रिक शक्तिबीचको एकता र सहकार्यमा जोड


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सदस्यले मुलुकका सबै वाम र प्रजातान्त्रिक शक्तिबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

आजदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको पहिलो बैठकमा उनीहरुले संविधानमा भएका व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको बताए ।

सत्ता पक्षका नेता सुमनराज प्याकुरेलले राजनीतिक समस्याको समाधान जनप्रतिनिधिमूलक संस्थाबाट राजनीतिक रुपमै हुनुपर्नेमा जोड दिँदै हरेक विषयलाई न्यायालयमा लैजाने प्रवृतिप्रति सचेत रहनुपर्ने धारणा व्यक्त गरे ।

सरकारले ल्याएका विधेयक अत्यावश्यक भएकाले ल्याइएको उनको जिकिर थियो ।

राष्ट्रियसभामा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले बेरोजगारी बढेको तथा शिक्षा, स्वास्थ्य, सामजिक, पर्यटन, कृषिलगायत अन्य क्षेत्रले पनि प्रभावकारी काम गर्न नसकेको टिप्पणी गर्दै कोभिड–१९ को रोकथाम तथा उपचार, बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक कार्य गर्न आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र) का दीनानाथ शर्माले संविधान जारी भएपछि सहमति र सहकार्यको संस्कृतिको अभ्यास पर्याप्त हुन नसकेकाले पनि अहिलेको संकट उत्पन्न भएको धारणा व्यक्त गरे ।

उनले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न र बाढीपहिरो पीडितको उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

जनता समाजवादी पाटी नेपालका शेखरकुमार सिंह र प्रमिला कुमारीले बाढीपहिरो र डुबानमा परेका जनताको राहतका लागि प्रभावकारी काम गर्न सरकारसँग आग्रह गर्दै मुलुकका वर्तमान समस्या समाधानका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ३४ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका