नागरिकता अध्यादेश पेश भएकोमा सांसद बिडारीद्वारा नियमापत्ति « Khabarhub

नागरिकता अध्यादेश पेश भएकोमा सांसद बिडारीद्वारा नियमापत्ति


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश दिएपछि पनि राष्ट्रियसभाको आजको बैठकमा सदस्य रामनारायण बिडारीले नियमापत्ति गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई उक्त अध्यादेश पेश गर्न अनुमति दिएपछि सांसद बिडारीले नियमापत्ति गरेका हुन् ।

सर्वोच्च अदालतले गत जेठ २७ गते उक्त अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालगायतको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।

संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै भएको जनाउँदै उनले अध्यादेश पेश नगर्न आग्रह गरे ।

सभाध्यक्ष तिमिल्सिनाले सांसद बिडारीले उठाएको नियमापत्तिका सम्बन्धका ध्यानाकर्षण भएको जनाउँदै त्यसबारेमा सम्बन्धित मन्त्रीले स्पष्ट पार्ने बताए ।

सांसद बिडारीको उक्त आग्रहपछि मन्त्री नेम्वाङले सर्वोच्च अदालतमा रिट निवेदन परी तत्काल कार्यान्वयन नगर्नू भन्ने फैसला आएकाले जानकारीका लागि मात्रै पेश गरिएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : ४५ बजे

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको

एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट

काठमाडौं– एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा

जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा