बाढीपहिरोले दुई दिनमा २३ सडक अवरुद्ध | Khabarhub Khabarhub

बाढीपहिरोले दुई दिनमा २३ सडक अवरुद्ध


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् ।

पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ । यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एकातर्फबाट सडक खुलाइएको छ । बेशीसहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए ।

बुधबार नै हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ ।

राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पु¥याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ । अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालु छ । पृथ्वी राजमार्गका धेरै ठाउँमा बुधबार पहिरो गएकामा आजसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ । यो राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्लेखोलालगायतका स्थानमा सडक आसिंक सुचारु अवस्थामा छन् ।

त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा, र पूर्व–पश्चिम राजमार्गको खरङ्गामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ । अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन । रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा असार १ मा पहिरोले अवरुद्ध सडक पनि अझै अवरुद्ध छ ।

गत जेठ ३१ गतेदेखि अहिलेसम्म गरी ८५ सडक पूर्ण रुपमा अवरुद्ध रहेकामा अहिलेसम्म २४ सडक दुवैतर्फबाट सुचारु भइसकेको छ । ४८ सडक आशिंक र १३ पूर्णरुपमा ठप्प छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ०९ बजे

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख

एकताले अर्को विभाजनको डर, प्रचण्डले भने- कसैसँग एकीकरणको टुंगो भइसकेको छैन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अहिले नै

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौं- भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो

रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा

दीपकराज गिरीको स्पष्टीकरण : जेन-जी आन्दोलनलाई समर्थन गरेँ, तोडफोडमा उत्रिएको थिइनँ

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र विध्वंसमा साथ दिएको