भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग | Khabarhub Khabarhub

भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।

विसं २०४५ देखि बस्दै आएका ती समुदायका ११६ सहित १४५ घरधुरीलाई ‘विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपाल’द्वारा खाद्यान्न सहयोग गरिएको हो । वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाए ।

करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आवमा बस किन्न उनको भनाइ थियो ।

बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक/एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिए ।

विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : २८ बजे

सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई

‘सङ्कटको बेला न्यायालय बचाउनुपर्ने’

काठमाडौं– सङ्कटमा परेको अवस्थामा न्यायालयलाई अझ बलियो बनाउनुपर्नेमा सरोकारवालाले जोड

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि