भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग « Khabarhub

भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।

विसं २०४५ देखि बस्दै आएका ती समुदायका ११६ सहित १४५ घरधुरीलाई ‘विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपाल’द्वारा खाद्यान्न सहयोग गरिएको हो । वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाए ।

करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आवमा बस किन्न उनको भनाइ थियो ।

बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक/एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिए ।

विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : २८ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको