भोलिका लागि बोलाइएको एमालेको बैठक ‘गुटको बैठक’ हो : नेतृ झाँक्री « Khabarhub

भोलिका लागि बोलाइएको एमालेको बैठक ‘गुटको बैठक’ हो : नेतृ झाँक्री


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको  केन्द्रीय कमिटी बैठकलाई ‘गुटको बैठक’ भएको बताएकी छिन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकी नेतृ झाँक्रीले आफूहरुले उठाएका राजनीतिक र सांगठनिक मुद्दाको सम्बोधनविना नै बैठक बोलाइएको भन्दै गुटको बैठकको संज्ञा दिएकी हुन् ।

‘भ्रममा नपरौ! भोलि असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन ।’,उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा उतारिएको छ हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।’

नेपाल खनाल पक्षको आजको बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ३४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको