भोलिका लागि बोलाइएको एमालेको बैठक ‘गुटको बैठक’ हो : नेतृ झाँक्री « Khabarhub

भोलिका लागि बोलाइएको एमालेको बैठक ‘गुटको बैठक’ हो : नेतृ झाँक्री


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको  केन्द्रीय कमिटी बैठकलाई ‘गुटको बैठक’ भएको बताएकी छिन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकी नेतृ झाँक्रीले आफूहरुले उठाएका राजनीतिक र सांगठनिक मुद्दाको सम्बोधनविना नै बैठक बोलाइएको भन्दै गुटको बैठकको संज्ञा दिएकी हुन् ।

‘भ्रममा नपरौ! भोलि असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन ।’,उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा उतारिएको छ हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।’

नेपाल खनाल पक्षको आजको बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ३४ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ