एमाले स्थायी कमिटी बैठक आज, एकताको प्रयासमा दोस्रो तहका नेता « Khabarhub

एमाले स्थायी कमिटी बैठक आज, एकताको प्रयासमा दोस्रो तहका नेता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक आज अपराह्न ३ बजे बस्न लागेको हो । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने उनले बताए ।

तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेताहरु लागि परेका छन् । तर, शनिबार नै पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याए भने नेता नेपालले अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै ओलीलाई फेरि प्रधानमन्त्री बन्ने जालझेल नगर्न चेतावनी दिए ।

सहमतिको प्रयासमा शनिबार बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।

यता ओलीले आजको बैठकअघि सहमतिमा नआए ‘वारपार’ गरेर अघि बढ्ने निकट नेताहरुलाई बताइसकेकाले आजको बैठक निर्णायक हुन सक्ने आकलन गरिएको छ । तथापि आज पनि एमालेको विघटित कार्यदलमा रहेका सदस्यहरु भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण विष्ट लगायतका नेताहरु ओली र नेपाललाई वार्ता गराउने प्रयासमा जुटेका छन् ।

ओली र नेपालपछिका दोस्रो-तेस्रो तहका भनिएका कतिपय नेताहरुसमेत अब एमाले एकताको ‘च्याप्टर’ सकिएकाले ‘वारपार’ गरेर नै अघि बढ्नु पर्ने बताउन थालेका छन् ।

महासचिव ईश्वर पोखरेलले सहमतिमा नआए नेपाललाई पर्खेर सधैँ पार्टी नबस्ने बताएका छन् भने नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष पदबाट ओलीको राजीनामा अनि मात्र एकता भएको बताएकी छन् ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको