८ नेपाली युवा नर्वे सेनामा भर्ती « Khabarhub

८ नेपाली युवा नर्वे सेनामा भर्ती


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो ।

नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।

जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट साईन गरेका हुन्छन् ।

सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा पेन्सनको भने व्यवस्था हुँदैन । भर्ती हुन अन्तर्वार्ता, शारीरिक व्यायामलगाएतका विभिन्न टेस्ट पास गर्नुपर्ने हुन्छ ।

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगरले मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको बताए । उनले नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लागेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : २१ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको