अब सांसदको तलबभत्ता सरकारी बैंकबाट पठाइने | Khabarhub Khabarhub

अब सांसदको तलबभत्ता सरकारी बैंकबाट पठाइने


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् ।

संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो।

चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो ।

यस्तै, राष्ट्रिय बाणिज्य बैंकलाई सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागिसमेत अनुरोध गरिएको छ । यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो ।

सभामुखको पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : १८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला