म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने दुई जना पक्राउ « Khabarhub

म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने दुई जना पक्राउ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्याद गुज्रिएको सामानलाई ’रिलेबलिङ’ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरको छ ।

आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्‍याङस्थित एक घरमा छापा मारी म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्रममा प्रहरीले वीरगन्ज घर भएका अविनाश अग्रवाल र अर्का एक व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।

म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर उनीहरुले अर्को म्याद भएको लेबल टाँसेर पुनः विभिन्न ठूला मार्टहरूमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले घरायसी सामानहरुलाई लेवलिङ गरेर पुनः बजारमा पठाइएको पाइएको जानकारी दिए । भाटभटेनी बिगमार्ट लगायतका स्थानबाट सामान ल्याएर ’रिलेबलिङ गरेको देखिएको उहाको भनाइ छ ।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ । प्रहरीसहित पुगेको वाणिज्य विभागको टोलीले उक्त घरमा सिलवन्दी गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ०० बजे

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल