एमाले केन्द्रीय कमिटीको बैठक २४ गते | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटीको बैठक २४ गते


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको भावी रणनीति तय गर्न साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

विधान अधिवेशनको विषयमा छलफल गर्न एमालले केन्द्रीय कमिटी बैठक बोलाएको हो । त्यस्तै बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

त्यस्तै भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको पोखरेलले बताए ।

त्यस्तै बैठकले असोज ३ गते वडा तहको अधिवेशन गर्न र ९ गते स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको छ ।

पोखरेलले पार्टीलाई एकताका लागि प्रयास जारी रहेको बताए । त्यस्तै महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको बताए ।

स्थायी कमिटी बैठक सोमबार ३ बजे पुनः बस्ने छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : २६ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर