नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली | Khabarhub Khabarhub

नयाँ सरकार आउने बित्तिकै दमन र राजनीतिकरण शुरु भसक्यो : ओली


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केहि व्यक्तिले प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका छन् ।

आइतबार ललितपुरमा तुल्सीलाल अमात्यको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादीको पछि लागेर एमालेका केही नेताहरुले दक्षिणपन्थी सरकार बनाएको आरोप लगाएका हुन् ।

उनले व्यक्तिगत अहंकार र जिद्धीको कारण नै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र प्रतिगमन ल्याउने खेल भएको बताए ।

प्रगतिशील सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनु प्रतिगमन भएको उनको भनाइ छ । ओलीले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा र अदालतमा गएर हस्ताक्षर गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने पनि बताए ।

उनले मुलुकको विकास र सुशानसका लागि कम्युनिस्ट सरकार नै चाहिने धारणा राखे । ओलीले सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न नदिएको भन्दै नयाँ सरकार आउने बितिकै दमन र राजनीतिकरण शुरु भएको तर्क गरे ।

उनले सरकारको गलत कामको खबरदारी र आवश्यक परे प्रतिरोध गर्ने चेतावनी दिए।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ३६ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर