सर्वोच्चद्वारा लुम्बिनीका दुई सांसदलाई पदबाट हटाएकोबारे विपक्षीसँग लिखित जवाफ | Khabarhub Khabarhub

सर्वोच्चद्वारा लुम्बिनीका दुई सांसदलाई पदबाट हटाएकोबारे विपक्षीसँग लिखित जवाफ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यहरु न्यौपाने र पन्थीलाई हटाउनुको लिखित जवाफ माग गरेको हो । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ। नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरुलाई हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए।

रुपन्देहीको क्षेत्र नं १ ‘ख’ र गुल्मीको क्षेत्र नं २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरु दुवै जनालाई माओवादी केन्द्रको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले सांसद पद रिक्त भएको जानकारी दिएका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ०९ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर