सर्वोच्चद्वारा लुम्बिनीका दुई सांसदलाई पदबाट हटाएकोबारे विपक्षीसँग लिखित जवाफ « Khabarhub

सर्वोच्चद्वारा लुम्बिनीका दुई सांसदलाई पदबाट हटाएकोबारे विपक्षीसँग लिखित जवाफ


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशसभा सदस्यहरु न्यौपाने र पन्थीलाई हटाउनुको लिखित जवाफ माग गरेको हो । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ। नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरुलाई हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए।

रुपन्देहीको क्षेत्र नं १ ‘ख’ र गुल्मीको क्षेत्र नं २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरु दुवै जनालाई माओवादी केन्द्रको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले सांसद पद रिक्त भएको जानकारी दिएका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ०९ बजे

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल