हस्तकला प्रबर्द्धनका लागि दुई व्यावसायिक संस्थाबीच सम्झौता « Khabarhub

हस्तकला प्रबर्द्धनका लागि दुई व्यावसायिक संस्थाबीच सम्झौता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच हस्तकलाको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि सझौता भएको छ ।

आइतबार महासंघमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरे । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरूबीच हस्तकला डिजाइन प्रतियोगिता आयोजना हुनेछ । उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ पुरस्कार दिनेछ ।

आइडिया नेपालले हस्तकलालाई इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ । यसमा एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । नेपाली हस्तकला समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यले हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियान अन्तर्गत दुई संस्थाबीच सहकार्यको सम्झौता भएको उपाध्यक्ष शाक्यले बताए ।

महासंघका अनुसार हस्तकलाको क्षेत्रमा आठ लाखभन्दा बढी मानिस रोजगार छन् । सामान्य अवस्थामा आन्तरिक बजार र निर्यातबाट वार्षिक झण्डै २० अर्ब रुपैयाँको हस्तकला समाग्रीको कारोबार हुने गरेको छ । कोरोनाका कारणले व्यवसाय खस्किएको जनाइको छ ।

हस्तकलाको आन्तरिक बजार विस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला सामग्री प्रयोग गर्नुपर्ने महासंघको माग छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने पनि महासंघको माग छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : २० बजे

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल