दार्चुला घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन « Khabarhub

दार्चुला घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपानेसहित तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल भएको छ ।

बैठकमा खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको तेस्रो लहरको सम्भावनालाई दृष्टिगत गरी सङ्क्रमण रोकथाम नियन्त्रण र उपचारका लागि तयारी अवस्थामा रहन तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ ।

बैठकले सबै सेवाप्रदायक निकायहरूमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेरमात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ५४ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको