स्वचालित ट्रान्समिसन इन्जिन सहितको नयाँ फोर्ड फिगो सार्वजनिक, यस्ता छन् विशेषता « Khabarhub

स्वचालित ट्रान्समिसन इन्जिन सहितको नयाँ फोर्ड फिगो सार्वजनिक, यस्ता छन् विशेषता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ ।

ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनी सहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।

जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनका ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन् । जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिनजसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्तबीएस ६ सँग जोडिएको छ ।

२०२१ को संस्करणको फिगो पेट्रोल अटोमेटिक इन्जिनका साथ टाइटेनियम र टाइटेनियमप्लस भेरियन्टमा उपलब्ध छ । टाइटेनियममा १५ इन्च आलुमुनिय र म्याग्नेसियमले भरिभराउ चक्का, उचाइ सन्तुलन चालक सिट र पछिल्लो लहरमा बस्नेका लागि हेडशेट, ७.० इन्च टचस्क्रिन सूचना प्रणाली पहिचानकर्ता, म्यानुअल एसी, ह्विल माउन्टेड नियन्त्रक स्टेरिङ, डबल एयरब्याग, स्वचालित बाहिरी साइड मिटर र ईएसपी लगायत विशेषता रहेका छन् ।

यीबाहेक टाइटेनियम प्लसमा भने थप विशेषताका रुपमा साइड कर्टेन एयरब्याग, अटोमेटिक एसी, अटो हेडलाइट र वाइपर, इलेक्ट्रो क्रोमिक आइआरभीएम, शक्ति तहको मिरर, फ्रन्ट फग ल्याम्प्स र पछाडि वासर एवं वाइपर र डिफोगर रहेका छन् ।

अन्य विशेषताहरु

–वर्षा सेन्सर वाइपर इलेक्ट्रो क्रोमिक आइआरभीएम, स्टान्डर्ड डबल फ्रन्टेड डबल एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थिरता नियन्त्रक र उच्च सुरक्षा सुविधा ​ उपलब्ध छ ।

–उत्कृष्ट सुविधाका लागि ७.० इन्च टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली ।

–साइड कर्टेन एयर ब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा ।

–डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरुमा उपलब्ध छ ।

भर्खरै सार्वजनिक फिगो आइटी श्रृखलाका २०२१मा फोर्डले सुरक्षा, कनेक्टिभिटी र सुविधालाई मुख्य प्राथमिकतामा राखेर निर्माण गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ४९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन