कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ « Khabarhub

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीको श्रम गन्तब्य मुलुक कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ गरिएको छ । कुवेतको निवास मामिला अनुसन्धान विभागको सामान्य प्रशासनका अनुसार एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । महिला कामदारको लागि रोजगार प्रदान गर्ने बताइएको उक्त कार्यालयबाट महिला कामदारलाई विद्यमान तलब भन्दा दोब्बर तलब दिने भनी प्रायोजकहरूबाट भाग्नको लागि उक्साउने गरेको पाइएको छ।

त्यसरी नक्कली कार्यालय सञ्चालन गर्दै आएको गिरोहले लाइसेन्स प्राप्त रोजगारदाता कम्पनिमार्फत रोजगार प्राप्त गरेका कामदारलाई अन्य रोजगारदाता कम्पनीलाई वितरण गरे वापत अग्रिम भुक्तानी लिने गरेको बताइएको ।

पक्राउ परेका सबैलाई कानूनी कारबाहीका लागि लागी सम्बन्धित निकायमा पठाइएको सामान्य प्रशासनलाई उदृत गर्दै अरब टाइम्सले जनाएको । यस्तो धन्दामा धेरै नेपाली महिला पनि संग्लन छन् ।

केही महिना अघि मात्र विभागले कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने सात जना नेपाली महिलालाई पक्राउ गरेको थियो । त्यसरी भागेका कामदार गैरकानूनी हुन्छन। गैरकानूनी कामदारहरूलाई जुनसुकै समय कुवेत प्रहरीले भेट्टाएको खण्डमा पक्राउ गरी देश निकाला गरेर आफ्नो देश पठाउने गरेको छ। तस्वीर : अरब टाइम्स

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : १८ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही