कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ « Khabarhub

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीको श्रम गन्तब्य मुलुक कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ गरिएको छ । कुवेतको निवास मामिला अनुसन्धान विभागको सामान्य प्रशासनका अनुसार एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । महिला कामदारको लागि रोजगार प्रदान गर्ने बताइएको उक्त कार्यालयबाट महिला कामदारलाई विद्यमान तलब भन्दा दोब्बर तलब दिने भनी प्रायोजकहरूबाट भाग्नको लागि उक्साउने गरेको पाइएको छ।

त्यसरी नक्कली कार्यालय सञ्चालन गर्दै आएको गिरोहले लाइसेन्स प्राप्त रोजगारदाता कम्पनिमार्फत रोजगार प्राप्त गरेका कामदारलाई अन्य रोजगारदाता कम्पनीलाई वितरण गरे वापत अग्रिम भुक्तानी लिने गरेको बताइएको ।

पक्राउ परेका सबैलाई कानूनी कारबाहीका लागि लागी सम्बन्धित निकायमा पठाइएको सामान्य प्रशासनलाई उदृत गर्दै अरब टाइम्सले जनाएको । यस्तो धन्दामा धेरै नेपाली महिला पनि संग्लन छन् ।

केही महिना अघि मात्र विभागले कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने सात जना नेपाली महिलालाई पक्राउ गरेको थियो । त्यसरी भागेका कामदार गैरकानूनी हुन्छन। गैरकानूनी कामदारहरूलाई जुनसुकै समय कुवेत प्रहरीले भेट्टाएको खण्डमा पक्राउ गरी देश निकाला गरेर आफ्नो देश पठाउने गरेको छ। तस्वीर : अरब टाइम्स

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : १८ बजे

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने