प्रदेश – १ मा एमालेका १० जना सांसद नेकपा एसमा, मुख्यमन्त्री आचार्य अल्पमतमा « Khabarhub

प्रदेश – १ मा एमालेका १० जना सांसद नेकपा एसमा, मुख्यमन्त्री आचार्य अल्पमतमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् ।

१० जना सांसदहरुले सनाखत गरिसकेको निर्वाचन कार्यलय स्रोतले जनाएको छ । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोजेर सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ । सोही अनुसार एमाले त्यागेर १० जना सांसदहरुले नेकपा एस रोजेका हुन् ।

९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन् । हालै एमालेको एकल बहुमतका आधारमा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमाले विभाजन भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको छ । उनले बहुमत पनि गुमाएका छन् ।

माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एस गठन भएको छ ।

एमाले त्यागेर नेकपा एस रोज्ने सांसदहरु

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : ०० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका