प्रदेश – १ मा एमालेका १० जना सांसद नेकपा एसमा, मुख्यमन्त्री आचार्य अल्पमतमा « Khabarhub

प्रदेश – १ मा एमालेका १० जना सांसद नेकपा एसमा, मुख्यमन्त्री आचार्य अल्पमतमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् ।

१० जना सांसदहरुले सनाखत गरिसकेको निर्वाचन कार्यलय स्रोतले जनाएको छ । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोजेर सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ । सोही अनुसार एमाले त्यागेर १० जना सांसदहरुले नेकपा एस रोजेका हुन् ।

९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन् । हालै एमालेको एकल बहुमतका आधारमा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमाले विभाजन भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको छ । उनले बहुमत पनि गुमाएका छन् ।

माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एस गठन भएको छ ।

एमाले त्यागेर नेकपा एस रोज्ने सांसदहरु

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : ०० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं