कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी « Khabarhub

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले थप सांसदहरुले पनि एकीकृत समाजवादी रोज्ने नेताहरुले दावी गरेका छन् ।

पार्टी विभाजन अघि माधव समूहमा ८ जना सांसद रहेका थिए । ती मध्ये ४ जनाले फ्लोर क्रस गरेपछि पद गुमाएका थिए । आफ्ना पार्टीका सांसदहरुलाई रोक्न एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितको टोली अहिले कर्णाली प्रदेशमा क्रियाशील छ । ज्ञवाली बुधबार दैलेखमा छन् । एमालेमा अव १३  सांसद बाँकी रहेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय कायम छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ०३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं