कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी « Khabarhub

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले थप सांसदहरुले पनि एकीकृत समाजवादी रोज्ने नेताहरुले दावी गरेका छन् ।

पार्टी विभाजन अघि माधव समूहमा ८ जना सांसद रहेका थिए । ती मध्ये ४ जनाले फ्लोर क्रस गरेपछि पद गुमाएका थिए । आफ्ना पार्टीका सांसदहरुलाई रोक्न एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितको टोली अहिले कर्णाली प्रदेशमा क्रियाशील छ । ज्ञवाली बुधबार दैलेखमा छन् । एमालेमा अव १३  सांसद बाँकी रहेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय कायम छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ०३ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा