नेपाल–भारत मैत्रीपूर्ण फुटबल हेर्न दर्शक रंगशाला जान पाउने, दुबै टिम उत्साहित « Khabarhub

नेपाल–भारत मैत्रीपूर्ण फुटबल हेर्न दर्शक रंगशाला जान पाउने, दुबै टिम उत्साहित


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीच विहीबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरु रंगशला जान पाउने भएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति पाएको जानकारी दिए । उनले उनले दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताए । कोरोनाका कारण लामो समयपछि दर्शकहरुले मैदानमा गएर खेलको रमाइलो हेर्न पाउने भएका हुन् ।

यो मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुबै टिमहरु उत्साहित देखिएका छन् । काठमाडौंमा बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल खेल्ने बताएका छन् । प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए ।

भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए । आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए ।

कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने उनको भनाइ छ ।

प्रि म्याच कन्फ्रेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारत पनि सजक भएको उनको भनाइ छ । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए ।

त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफुले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतविचको दुई वटा मैत्रीपुर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ

नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ०२ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका