नेपाल–भारत मैत्रीपूर्ण फुटबल हेर्न दर्शक रंगशाला जान पाउने, दुबै टिम उत्साहित « Khabarhub

नेपाल–भारत मैत्रीपूर्ण फुटबल हेर्न दर्शक रंगशाला जान पाउने, दुबै टिम उत्साहित


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीच विहीबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शकहरु रंगशला जान पाउने भएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति पाएको जानकारी दिए । उनले उनले दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताए । कोरोनाका कारण लामो समयपछि दर्शकहरुले मैदानमा गएर खेलको रमाइलो हेर्न पाउने भएका हुन् ।

यो मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुबै टिमहरु उत्साहित देखिएका छन् । काठमाडौंमा बुधबार आयोजना भएको प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक तथा कप्तानहरुले निकै मिहेनतका साथ खेल खेल्ने बताएका छन् । प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए ।

भारतविरुद्धको दुई खेलका लागि टिम तयार रहेको र मज्जा लिएर खेल्ने उनले बताए । आसन्न साफ च्याम्पियनसिपका लागि यो दुई खेल महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले जब टिमले राम्रो तयारी गरेको हुन्छ, त्यहि अनुसारको नतिजा आउनेमा विश्वस्त रहेको बताए ।

कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेल नेपालका लागि एक महिनापछि हुने साफको तयारीमा राम्रो सहयोग पुग्ने बताए । नेपाली टिमका लागि भारतविरुद्ध खेल्न पाउनु निकै राम्रो रहेको र यसले खेलाडीमा आत्मविश्वासपनि थप्ने उनको भनाइ छ ।

प्रि म्याच कन्फ्रेन्समा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग उसकै मैदानमा खेल्नु आफ्नो टिमका लागि चुनौती भएको बताए । नेपाली टिममा पनि राम्रो खेलाडी रहेको र त्यसबाट भारत पनि सजक भएको उनको भनाइ छ । नेपालले बाहिर गएर खेल्नु र आफ्नो घरेलु मैदानमा खेल्नुमा धेरै फरक हुने क्षेत्रीले बताए ।

त्यस्तै भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्नो खेलाडीले प्रशिक्षणमा निकै मिहेनत गरेको र आफुले खेलाडीहरुबाट राम्रो नतिजाको अपेक्षा राखेको बताए । यसैबीच नेपाल र भारतविचको दुई वटा मैत्रीपुर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ

नेपाल र भारतले ६ बर्षपछि एक आपसमा खेल्न लागेका हुन । दुबै टिमले यो दुई खेललाई साफको तयारीका रुपमा लिएका छन् । नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ०२ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म