३ हजार ५ सय प्रहरी जवान दीक्षित | Khabarhub Khabarhub

३ हजार ५ सय प्रहरी जवान दीक्षित


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरुमा २०७७ मंसिर ३ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ३ हजार ५ सय ७१ जना प्रहरी जवानहरु मंगलबार दीक्षित भएका छन् । ती मध्ये ६ सय ५८ जना महिला र २ हजार ९ सय १३ जना पुरुष रहेका छन् ।

केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनको दीक्षान्त समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त दीक्षान्त समारोहमा सशस्त्र प्रहरी गण नम्बर १ नक्सालका ९४ जना र केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनका ९६ जना गरी जम्मा १ सय ९० जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुरको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालका प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त शिक्षालयबाट ८८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायव महानिरीक्षक डा देव बहादुर बोहराले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त महाविद्यालयबाट १ सय ६० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरको दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त दीक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरका ४ सय ८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण विराटनगरका ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीका ९५ जना गरी जम्मा ६ सय ७१ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

२ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट १ सय ९४ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय २ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाइ कार्यालय बागमतीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सोही गणबाट ४८ जना र बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटेबाट ४७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवस लोहनीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय १० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ५ सय १२ जना

प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । साथै कर्णाली प्रदेश सशस्त्र प्रहरी गण सुर्खेतबाट ९८ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट ३ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल अन्तर्गत बुडरको दिक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त प्रशिक्षणस्थलबाट २ सय ११ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगंजको दीक्षान्त समारोहमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त प्रतिष्ठानबाट ५२ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथिहरुले प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ११ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि